Sunday, December 19, 2010

bardiya

बर्दिया नेपालको एक जिल्ला हो। यो जिल्ला नेपालको तराईमा पर्दछ। वि.सं. १९१४ मा भारतमा भएको सिपाहि विद्रहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्रि श्री ३ जंगबहादुर राणाले ईष्ट ईण्डीया कम्पनीलाई सहयोग गरेवापत वि.स. १७७३ को सुगसन्धिवाट गुमेको भु-भाग मध्ये पुरस्कारस्वरुप वि.सं. १९१७ मा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपरोत्त बर्दिया लगायतका जिल्लाहरुलाई नयाँ मुलुकको रुपमा चिनिन्छन् ।

[परिवर्तन्] जिल्लाको नामाकरण

यस जिल्लनको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरु रहेको पाईन्छ। ति मध्ये केहि यस प्रकार छन -
  • स्थानिय थारुभाषामा गाई गोरुलाई वलिबर्द भनिने र याँहाका गाई गोरु राम्रा मोटाघाटा र लिया हुनेहुदा यो ठाउँलाई वलिबर्द भनिएकोमा पछि अपभ्रंस भई बर्दिया भएको र यसै आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ । ऐश्वर्य र सवृद्धिका प्रतिकका रुपमा रहेको गोरुलाई संस्कृत भाषामा पनि वलिबर्द नै भनिन्छ ।
  • पदनाह गा.वि.स.मा वारवर्दिया भन्ने गाँउ छ पहिले यसै ठाउँ मा हरिहर राजाको दरबार थियो । वारबर्दियामा खेतिको लागी उन्नत जमिन भएको कारण बाहिरवाट बसाई सराई गरी यसै ठाउँमा आउनथाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो अनतमा यसै ठाउँको नाम बाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई छ ।
  • थारु भाषामा गाई गोरुलाई वर्दवा भनिन्छ । वर्दिया जिल्लामा गाई गोरुलाई प्रसस्त चरन क्षेत्र भएकोले धेरै गाई गोरु पाल्ने र वर्दुवाहरु धेरै बसोबास गर्ने भएकोले पछि वर्दुवाबाट अपभ्रंस भई बर्दिया जिल्ला नामाकरण रहेको हो भन्ने पनि भनाई छ ।

No comments:

Post a Comment